गाउँलाई पर्यटकीय क्षेत्र बनाउन काभ्रेको अनैकोटबासी एक जुट

प्रकाश सुन्दास,काभ्रे,असार ३ । 
आफ्नो गाउँलाई नमूना पर्यटकीय क्षेत्र बनाउन काभ्रेपलाञ्चोक जिल्लाको अनैकोट गाविसका नागरिकहरु जुटेका छन् । पर्यटन मन्त्रालयले दिगो पर्यटन विकास कार्यक्रम अन्तर्गत गाविसको वडा नम्बर–७ मानेगाउँमा पिकनिक स्पोर्ट निर्माणका लागि करिब ७ लाख बजेट विनियोजन गरेपछि स्थानीय बासिन्दाहरुमा उत्साह थपिएको हो । रसुवा देखि पूर्वको सोलुखुम्बु जिल्लामा रहेको हिमालयन रेञ्चहरु निकै नजिकबाट नियाल्न सकिने भएकाले पर्यटनको विकासमा जोडदिइएको अनैकोट पर्यटन विकास तथा उपभोक्ता समितिका अध्यक्ष अष्टबहादुर लामाले जानकारी दिनुभयो ।

 पिकनिक स्पोर्ट निर्माणकै लागि स्थानीय सञ्जय लामाको संयोजत्वमा हिजो स्थानीय युवासहितको टोलीले श्रमदान समेत गरेको छ । अनैकोट पर्यटन विकास तथा उपभोक्ता समितिका अनुसार शान्ति मन्त्रालयको आर्थिक सहयोगमा ५० मिटर अग्लो भ्यू टावर निर्माणको काम समेत भइरहेको छ । त्यस्तै बौद्ध गुम्बा, तामाङ संग्राहालय, पार्क, होम स्टे लगायतका भौतिक पूर्वाधार समेत निर्माण गरिने तयारी भइरहेको उपभोक्ता समितिले जनाएको छ ।

Related

विविध 6525742557032991595

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item