स्थानिय स्रोत साधनबाटै पक्किपुल निर्माण
http://sindhulidarpan.blogspot.com/2012/06/i_6006.html
चीना थापा,सिन्धुली,जेठ ३२ ।
सिन्धुलीको हत्पते गाविस वडा न. ६ र ७ का बासिन्दाले स्थानिय स्रोत र साधन जुटाई खार खोलामा ११ मिटर लामो पक्कि पुल निर्माण गरेका छन् । गाउँ विकास समितिको १ लाख र उपभोक्ताबाट सङ्कलित २० हजार गरि जम्मा करिब ११ लाख ५० हजार रुपैयाको लागतमा पुल निर्माण सम्पन्न हुन लागेको उपभोक्ता समितिले जनाएको छ ।
पुल निर्माणमा खर्च भएको रकममध्ये १० लाख रुपैया स्थानियस्तरमा ऋण काढेर हाललाई काम चलाईएको उपभोक्तका सचिव नबराज अधिकारीले जानकारी दिनुभयो । तल्लो वंका हुँदै तोत्राटोल दनुवार बस्ति भई निपाने जोड्ने सडक निर्माणतथा मर्मत कार्यक्रम अन्तर्गत साँढे चार मिटर चौडाईको उक्त पुल निर्माण गरिएको हो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !