प्राधिकरणद्वारा लाइन काट्न सुरु

रौतहट,जेठ ३२ ।
बिद्युत सेवा उपभोग गरेर महसुल नतिर्ने ग्राहकहरुको लाईन काट्ने काम नेपाल बिद्युत प्राधिकरण गौर शाखाले सुरु गरेको छ । कटहरिया र पोठियाही गाबिसमा रहेका ६ वटा सेलर मिल र बरफ उद्योगको लाईन काटिएको हो ।

ती उद्योगले बिद्युत प्राधिकरण रौतहट शाखालाई लाखौ रुपैया तिर्न बाँकी रहेको र रकम बुझाउनका लागि पटकपटक आग्रह गर्दा समेत नतिरेका कारण शाखा कार्यालयबाट आएको टोलीले बिजुलीको लाईन काटेको हो । बिद्युत प्राधिकरण गौर शाखाका शैलेन्द्र सिंह सहितको टोलीले लाईन काटेको हो । प्राधिकरणले कटहरियामा रहेको चारवटा राईस मिल, एउटा बरफ उद्योग र पोठियाहीमा रहेका दुईवटा राईस मिलको लाईन काटेको जनाइएको छ ।


Related

विविध 3187159196900449878

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item