उच्च प्रकारको संयन्त्र बनाउन प्रस्ताव : दाहाल


काठमाडौं, जेठ ३२ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक निकास र बजेटका विषयमा सहमति खोज्न उच्च प्रकारको संयन्त्र बनाउन आवस्यक हरेको बताएका छन् ।
उनले त्यसका लागि सबै दलहरुले सहयोग गर्नुपर्ने उल्लेख गरेका छन् । लाजिम्पाटस्थित आफ्नै निवासमा नेपालस्थित युरोपियन युनियन आबद्ध देशका राजदूतहरुसँग आज विहान भएको सामूहिक भेटमा दाहालले सहमतिका लागि संयन्त्र बनाउन प्रस्ताव गरेका हुन् ।
‘उच्च प्रकारको संयन्त्रले समग्र कुराको हल गर्ने छ,’ अध्यक्ष दाहालले भने, ‘आगामी बजेटमा पार्टीहरुले सहमति गरी बजेट प्रस्तुत गर्न सहयोग गर्नुपर्छ ।’
भेटमा राजदूतहरुले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा दाहालसँग जिज्ञासा राखेको उनको निजी सचिवालयले जनाएको छ ।
राजदूतहरुले नयाँ संविधान जारी नभएर संविधान–सभा विघटन भएकोमा चिन्ता समेत जनाएका थिए ।
उनीहरुले पार्टीहरुका वीच उत्पन्न असमझदारीले पारेको समस्याले गतिरोध आएको भन्दै सहमतिमा जान सुझाव दिएका छन् ।
गतिरोध अन्त्यका लागि सहमति गरेर अगाडि बढ्न एमाओवादीलाई उनीहरुले आग्रह गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

फेरि पनि सहमतिको कुनै विकल्प नभएको बताउँदै दाहालले राजनीतिक दलहरुबीच एउटा उच्च प्रकारको राजनीतिक संयन्त्र सहमतिका आधारमा बन्नुपर्ने दोहराए ।

जवाफमा अध्यक्ष दाहालले पहिचानमा आधारित संघीयतासहितको संविधान जारी गर्ने विषयमा पार्टीहरुका बीच समझदारी हुन नसकेकाले संविधानसभा विघटन भएको बताए ।
उनले भने, ‘आफू अन्तिम समयसम्म सहमतिका लागि प्रयास गरिरहे पनि संविधान जारी हुन सकेन ।’
राजदूतहरुले आफूहरु नेपालमा शान्ति, उन्नति र प्रगति भएको हेर्न चाहेको बताउँदै सहयोग जारी रहने प्रतिबद्धता जनाएका थिए ।
कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईलाई यस अघि सामूहिक भेट गरेका राजदूतहरु आज दाहालसँग भेट गरेका हुन् ।

Related

राष्ट्रिय 4735315704822704645

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item