बैधानिक आदेश मात्रै मान्छौं :नेपाली सेना


काठमाडौं,  जेठ ३२ । नेपाली सेनाले राष्ट्र र जनताका हितमा हुने सरकारका बैधानिक आदेशलाई मात्रै मान्ने जनाएको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले आज विज्ञप्ती जारी गरेर सेना बैधानिक सरकारको मातहतमा रहने भन्दै सरकारबाट राष्ट्र र जनताको हितमा हुने बैधानिक आदेशहरु मात्र पालना तथा कार्यान्वयन गर्ने जनाएको हो ।
विभिन्न संचार माध्यमहरुमा आफूलाई जोडेर प्रकाशित समाचारहरुमा ध्यानाकर्षण भएको जनाएको सेनाले विभिन्न मञ्चहरुमा भएका अभिव्यक्तिहरु प्रति आफ्नो ध्यान गएको जनाएको छ ।
सेनलाई जोडेर आउने अभिव्यक्तिहरु तथा समाचारहरुको भ्रममा नपर्न पनि सेनाले विज्ञप्ती मार्फत आग्रह गरेको छ ।
‘सेना सम्पूर्ण नेपाली जनताको राष्ट्रिय सेना हो,’ विज्ञप्तीमा भनिएको छ, ‘विगत देखिनै आफ्नो गैर राजनीतिक चरित्र सबैको सामु स्पष्ट पारिसकेको छ ।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले नेपाली सेनासँग जोडेर विवादास्पद अभिव्यक्ति दिएपछि कांग्रेस, एमाले लगायतका दलले सो अभिव्यक्तिको आलोचना गरेपछि सेनाले आज आफ्नो धारणा सार्वजनिक गरेको हो ।

Related

राष्ट्रिय 3060361147778265515

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item