सात बुँदाको जवाफ छ बुँदामा
http://sindhulidarpan.blogspot.com/2012/06/i_2889.html
काठमाडौं, जेठ ३२। एमाओवादीको असन्तुष्ट उपाध्यक्ष मोहन बैद्य पक्षले संस्थापनको सात बुँदाको जवाफ ६ बुँदामा दिएको छ ।
नागरिक अगुवा हिमालय शम्सेर राणाले अविलम्ब राष्ट्रिय सहमतिको सरकार गठन गरेर मुलुकलाई निकास दिन राष्ट्रपति डा.रामवरण यादवसँग आग्रह गरेका छन् ।
पार्टी एकताका लागि एमाओवादीको संस्थापन पक्षका तर्फबाट अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि बुधबार सात बुँदे प्रस्ताव उपाध्यक्ष वैद्यलाई उपलब्ध गराएका थिए ।
बैद्य पक्षको छ बुँदे जवाफमा अध्यक्ष दाहालले आत्मालोचना लिखितरुपमै गर्नुपर्ने, अहिले भइरहेको पुरानो प्रवृत्ति नदोहराउने प्रतिबद्धता, बिप्पा सम्झौता खारेज, मधेसी मोर्चासँगको चार बुँदा खारेज लगायतका विषय रहेका छन् ।
सहमतिको सरकार गठन गर्न आग्रह
नागरिक अगुवा हिमालय शम्सेर राणाले अविलम्ब राष्ट्रिय सहमतिको सरकार गठन गरेर मुलुकलाई निकास दिन राष्ट्रपति डा.रामवरण यादवसँग आग्रह गरेका छन् ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर उनले राजनीतिक सहमति विना मुलुकमा विद्यमान राजनीतिक र संबैधानिक संकटको समाधान असम्भव रहेको बताए । उनले दलहरुलाई समेत सहमतिका लागि आब्हान समेत गरेका छन् ।
‘सानो संख्याको जनप्रतिनिधिसभाको निर्वाचन गर्नु पर्छ,’ उनले भने, ‘विवादित विषयमा जनमत संग्रह गर्नुपर्छ ।’
अर्थविद्ध मदन दाहालले मुलुकमा सहमतिको विकल्प नभएकोले संविधानको संरक्षकको नाताले राष्ट्रपतिले निाकसका लागि पहल गर्नु पर्ने धारणा राखे ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !