एसएलसीमा फेल भएपछि आत्महत्या

 नेपालगन्ज,जेठ ३२ । नेपालगन्जको एक युवतीले एसएलसीमा फेल भएपछि बुधवार साँझ आत्महत्या गरेकी छिन् । यसै गरी नेपालगन्ज वडा न. १३ को गोसाईगाउ बासी प्रतिक्षा शर्माले एसएलसी परिणाम आफ्नो पक्षमा नआएपछि आत्महत्या गरेकी हुन् । 

आवेशमा आएर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीले जनाएको छ । नतिजा सार्वजनिक भए लगत्तै नकारात्मक परिणाम आएर आवेशले ज्यानै लिने समेतका दुर्घटना हुन थालेको प्रहरीले जनाइएको छ ।


उदाहरणिय तस्विर 
बिष सेवन गरी आत्महत्या

यस्तै थानकोट महादेवस्थान गाविसका दुई किशोरीले विष सेवन गरेका छन् । महादेवस्थान गाविस - ६ स्थित प्रभात माविका छात्राहरु सबला बानियां र रुविना केसीले हिजो विष सेवन गरेका हुन् ।

विष सेवन गरेलगत्तै उनीहरुलाई नैकाप ढुंगेअड्डा स्थित समाज हस्पिटल पुर्‍याइएकोमा रुविना केसीको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । सबलाको स्वास्थ्य स्थिती भने सामान्य रहेको जनाइएको छ ।

हिजो साँझ एसएलसीको नतिजा प्रकाशन भएको केही समय पछि बेपत्ता भएका उनीहरु दुवै मिल्ने साथी रहेको र दुवै जना अनुतिर्ण भएपछि सहमतिमा दुवैले विष सेवन गरेको जनाइएको छ । 

Related

विविध 7037089407792792822

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item