युरोकपमा आज पनि दुई खेल हुँदै
http://sindhulidarpan.blogspot.com/2012/06/i_6429.html
सिन्धुली,असार ४ ।
युरोकप २०१२ फुटबल प्रतियोगितामा आज समूह सीका समूह चरणका अन्तिम दुई खेल हुदैछन् । आज इटली विरुद्ध आयरल्याड र डिफेन्डिङ् च्याम्पियन स्पेन विरुद्ध क्रोशिया भिड्दै छन् । दुबै खेल राति साँढे १२ बजे शुरु हुने छन् । आजको खेलमा दुई अंकका साथ तेस्रो स्थानमा रहेको इटली बिजय भएमा इटली क्वाटर फाइनलमा प्रवेश गर्ने छ भने बराबर वा पराजित भएमा स्पेन र क्रोशिया प्रवेश गर्ने छन् । स्पेन र क्रोशियाबीचको खेलमा बिजयी टिम समूह बिजेता बन्नेछ । गएराति भएको खेलबाट जर्मनीले डेनमार्क र पोर्चुगलले नेदरल्याडलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !