“मेरो निर्दोष रुप”

- संसारमा तीन चिजको महत्त्व देख्छिन्, मोडल स्वस्तिका गोले । पब्लिक, पर्सनालिटी र पैसा । यी तीन चिज प्राप्त गर्न सकिने क्षेत्र एउटै हो, चलचित्र । स्वस्तिकालाई यी तीन कुरा प्राप्त गर्ने साह्रै ठूलो रहर छ । ‘त्यसैले चलचित्र क्षेत्रमा स्थापित हुन भरमग्दुर प्रयास गर्दै छु,’ उनले भनिन् ।
दुई वर्षअगाडि सम्झिएर तिमीलाई भुल्न सकिनँ गीतको म्युजिक भिडियोबाट कलाक्षेत्रमा प्रवेश गरेकी गोलेले हालसम्म लोक तथा आधुनिक गरी दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् ।
चरिकोट–१, दोलखाकी गोलेका हातमा अहिले म्युजिक भिडियो मात्र होइन, टेलिचलचित्र र चलचित्र पनि छन् । घरबेटी नामक टेलिचलचित्रमा अभिनय गरिरहेकी छन् । लेडी किलर बसपार्क नामक चलचित्रमा नायिकाका रूपमा अनुबन्धित भएको सुनाउँछिन् । अभिनयका अलावा नृत्य प्रशिक्षिकाको अनुभवसमेत बटुलिसकेकी यी केटी आफूलाई केटीभन्दा केटा साथी मन पर्ने बताउँछिन् । भन्छिन्, ‘केटीहरू धेरै झुट बोल्छन् र काँतर हुन्छन् । केटाहरू हेल्पफुल अनि तेज दिमागका हुन्छन् ।’
शरीरका विभिन्न भाग आकर्षक तरिकाले प्रदर्शन गर्नुलाई ग्ल्यामर बताउँछिन् उनी । अनि, आफ्ना वक्षस्थल सानो भएकामा थोरै चिन्तित पनि छिन् । तैपनि, चित्त बुझाउँछिन्, ‘तर केही छैन, साना भए पनि आकर्षक छन् ।’ रातो, नीलो र सेतो रङका वानपिस, कुतासुरुवाल र साडी उनको इच्छाका पहिरन हुन् । यी तीन रङप्रति उनको आसक्तिको कारण– ‘सेतो लुगामा आकर्षक देखिन्छु, नीलो मलाई सुहाउँछ, रातोमा चाहिँ सेक्सी देखिन्छु ।’
आफ्नो फेस इनोसेन्ट लाग्छ उनलाई । अनि, यो फेसमा जुनसुकै केटालाई आफूतिर तान्न सक्ने खुबी रहेको दाबी गर्छिन् । सेक्सलाई साधना मान्छिन् उनी । तर, यसको आनन्द प्राप्त गर्न कसैसँग ‘सुत्नैपर्छ’ भन्ने लाग्दैन रे ,यति राम्री सुन्दरी अहिलेसम्म सिंगलै छिन् । किन होला ? मधुर मुस्कानका साथ जवाफ दिइन्, ‘आफूले सोचेजस्तो केटै पाइएन भन्या ।’
शब्द/तस्वीर : ज्ञानेन्द्र कार्की(सौर्य समाचार )

Related

मनोरञ्जन 36128768860299330

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item