शान्ति प्रर्वद्धनका लागी सिन्धुलीमा बहस
http://sindhulidarpan.blogspot.com/2012/06/i_162.html
रमा कार्की,सिन्धुली,असार ४ ।
द्धन्द्ध पश्चात सिन्धुलीका द्धन्द्ध पीडितहरुको अवस्था कस्तो छ र सरकारले उपलब्ध गराएको राहत के कतिले पाएकाछन् र राज्यले अव द्धन्द्ध पीडितको लागि कस्तो कदम चाल्नु पर्छ भन्ने विषयमा स्थानीय जनताको सल्लाह,सुझाव र विचारहरु संकलन गरिएको छ ।
कार्यक्रमका अधिकांश सहभागिहरुले राज्यले उपलब्ध गराएको राहत जो पहुँचवाला र टाठाबाठा छन् उनीहरुले पाएका छन् तर जो साँचिकै द्धन्द्ध पीडित छन् उनीहरुले राहत नपाएको भनाई राख्दै द्धन्द्धको समयमा क्षतविक्षत भएको भौतिक संरचनाहरुलाई जसरी पून निर्माण गरिदैछ त्यसैगरी द्धन्द्धमा भत्कीएका मनहरुलाई पनि पुननिर्माण गर्नु जरुरी छ भन्दै त्यो राहत पैसा दिएर होइन दिगो शान्ति स्थापनाका लागि पीडित पक्षहरुलाई राज्यले क्षमताअनुसारको रोजगारीको ग्यारेन्टी गर्नु पर्नेमा जोड दिएका थिए ।
स्थानीय शान्ति समिति र रेडियो नेपालको सहकार्यमा आयोजित कार्यक्रममा सिन्धुलीका विभिन्न पार्टी प्रतिनीधिहरु,उद्योग वाणिज्य संघका प्रतिनीधि,सुरक्षाकर्मी,पत्रकार,महिला अधिकारकर्मीहरु,द्धन्द्धपीडित परिवारका प्रतिनीधि ,कानून व्यवसायी लगाएको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो । माधव घिमिरेद्धारा सन्चालित रेडियो कार्यक्रम शान्ति बहस रेडियो नेपालबाट हरेक सोमबार ७ :४० बजे प्रसारण हुदै आएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !