वालश्रम विरुद्ध र्याली र वक्तृत्वकला

ऋषि राई,उदयपुर,जेठ ३० ।  
उदयपुरको , कटारीमा मंगलवार वालश्रम विरुद्ध  र्याली र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । अन्र्तराष्ट्रिय वालश्रम विरुद्धको दिवशको अवसर पारेर शान्ति चेतना वाल सञ्जाल कटारीको आयोजनामा र्याली र वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रमको आर्थिक सहयोग गाविस कटारी र युनिसेफले गरेको थियो । 
मानवअधिकार र समाजिक न्यायका लागि बालश्रमको अन्त्य गरौं , वालअधिकारको सुनिश्चित गरौं भन्ने जस्ता विभिन्न  चेतनामुलक नारा  र प्ले कार्ड सहित  गाउँ विकास समितिको कार्यालय कटारी बाट  सूरु भएको र्याली पुन गाविस हलमा आएर समापन गरिएको सञ्जालका अध्यक्ष काजीनारायण श्रेष्ठले वताउनुभयो । 
कटारीका विभिन्न वालक्लव र विद्यालयहरुवाट दर्जन वढी प्रतियोगिले वालश्रम अन्त्य गर वालवालिकाको उत्थान गर भन्ने विषयमा आफ्नो वक्तृत्व क्षमता प्रस्तुत गरेका थिए । प्रतियोगितामा श्री चुरीयामाई निम्न माध्यमिक विद्यालय कटारी , २ , च्याँगाका तुलसी राई प्रथम , झोरावारी बाल कलव कटारीका अरुण राई द्धितीय र श्री त्रिवेणी उच्च माध्यामीक विद्याललय कटारी का कविता दनुवार तृतीय भएका थिए  । पुरस्कृत सहभागिहरुलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।
गाविस कटारीको हलमा प्रतियोगिता गर्ने तयारी गरेको भएपनि विद्यार्थी हरुको उल्लेख्य सहभागिता रहेकाले श्री त्रिवेणी उच्च माध्यमिक विद्यालयको प्राँगणमा प्रतियोगिता सम्पन्न भएको थियो । कार्यक्रममा सवै विद्यालय र वालक्लव हरुलाई पत्राचार गरीएको भएपनि निजि विद्यालयहरुले विद्यार्थी पनि सहभागि नगराएको र वालश्रम विरुद्धको अभियानमा सहयोग नगरेको सञ्जालका अध्यक्ष श्रेष्ठले वताउनुभयो । 
कार्यक्रमको समापनमा वोल्दै श्री त्रिवेणी उच्च माध्यामीक विद्यालयका प्रधानाध्यापक राजेन्द्र प्रसाद निरौलाले राजनैतिक दलले शिक्षा क्षेत्रलाई राजनीतिक अखडा बनाएकोले विद्यालयको अध्ययन गर्ने अधिकार हनन भएको वताउनुभयो । 

Related

विविध 3073275922070477790

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item