शिकार गर्दै गर्दा सेनाका पूर्व उपरथीसहित तीन पक्राउ
http://sindhulidarpan.blogspot.com/2012/06/i_7024.html
नवलपरासी,जेठ ३१ ।
चितवन राष्ट्रिय निकुञ्जमा शिकार गर्दै गरेको अवस्थामा नवलपरासीको नमुना मध्यवर्ती सामुदायिक वन पिठौली वाट तिन जाना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सेनाका पूर्व उपरथी सागर शम्सेर जबरासहित तीन जना जङगली जनावर र पन्छी मारिरहेको अवस्थामा पक्राउ परेका हुन् । नवलपरासीको नमूना मध्यवर्ती सामुदायिक वन पिठौलीमा शिकार खेल्ने क्रममा स्थानीय बासिन्दाले पूर्वप्रहरी महानिरीक्षक रहेका जबरालाई पक्राउ गरेको स्थानीय डिबी चौधरीले जानकारी दिनुभयो ।
बा २ च ४३५४ नम्बरको गाडी लगेर शिकार खेल्न गएका जबरालाई एउटा मारेको मयुर र दुईतीन बोरा शिकारसहित स्थानीयले पक्रन सफल भएका हुन् । टेलिस्कोप जडित अत्याधुनिक हतियार, शिकार, गाडीसहित जबरालाई बिहान नेपाली सेनाको जिम्मा लगाइएको छ । स्थानीय बासिन्दाले यसअघि पनि पटक पटक जबरा नवलपरासीमा चोरी शिकारमा संलग्न भएको बताएका छन् । दुईमहिना अघि पनि जबरा शिकार खेल्न नवलपरासी जानुभएको थियो । जबरामाथि पद तथा शक्तिको दुरुपयोगमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !