प्रधानमन्त्री चलचित्रकर्मी र कलाकर्मीसँग छलफलमा

काठमाण्डौ,असार १५ । 
संविधानसभाको विघटनपछि उत्पन्न राजनीतिक तथा संवैधानिक सङ्कटलाई निकास दिने बारेमा बिभिन्न पेशा र क्षेत्रका नागरिकसँग छलफल गर्नेक्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराईले आज कलाकारहरुसँग परामर्श गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरमा सुरु हुने भेटमा प्रधानमन्त्रीले राजनीतिक रुपमा उत्पन्न समस्या समाधानको बारेमा कलाकर्मीहरुको सुझाव लिनुहुने प्रधामनमन्त्रीका सहयोगी प्रशान्त लामिछानेले जानकारी दिनुभयो । प्रधानमन्त्री भट्टराईसँगको भेटमा कलाकर्मीहरुले भने आगामी आर्थिकवर्षको बजेटमा चलचित्र तथा समग्र कला क्षेत्रको विकास गर्ने कार्यक्रम समावेश गर्न आग्रह गर्ने तयारी गरेका छन् ।  

Related

विविध 7813417634466060421

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item