चलचित्र कल्याण कोषका लागि सरकारले एक करोड रुपैयाँ दिने
http://sindhulidarpan.blogspot.com/2012/06/i_8399.html
काठमाण्डौ,असार ३१ ।
चलचित्र कल्याण कोषका लागि सरकारले एक कारोड रुपैयाँ दिने भएको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चलचित्रकर्मी तथा कलाकर्मीहरुसँगको भेटमा प्रधानमन्त्री भट्टराईले सिनेमा क्षेत्रको विकासका लागि सरकारले छिट्टै एक कारेड रुपैयाँ उपलव्ध गराउने वताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले नेपाली सिनेमा उधेगको विकासका लागि सरकारी तवरबाट गर्नुपर्ने पहलका गर्न आफू सधै तयार रहेको वताउनुभएको छ ।
प्रधानमन्त्रीसँगको भेटमा कलाकारहरुले सिनेमा उद्योगको विकासका लागि राज्यले नीति बनाउनु पर्ने र रोयल्टीको संरक्षण गर्न पहल गर्नुपर्ने माग गरेका थिए । यसैबीच, अस्लिल चलचित्रलाई सेन्सर बोर्डले पास गरेपछि नेपाली चलचित्रको मौलिकतामा अन्याय भएको कलाकारहरुले गुनासो गरेका थिए । सिनेमाकर्मी तथा कलाकर्मीहरुको समस्याका बारेमा टास्क फोर्स गठन गरेर आए आफू त्यसै अनुसार समस्या समाधानमा लाग्ने प्रधानमन्त्रीले बताएको भेटमा सहभागी गायक तथा सङ्गीतकार चेतन सापकोटाले सीआईएनलाई जानकारी दिनुभयो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !