पुरिएर तीन बालबालिकाको मृत्यु

सिन्धुपाल्चोक, असार १ । सिन्धुपाल्चोक जिल्लाको भोटेचौर–२, डाँडागाउँमा आज बिहान गएको पहिरोमा पुररिएर तीन बालबालिकाको ज्यान गएको छ । पहिरोमा परेका तीन बालबालिका भागेर बाँच्न सफल भएका छन् ।
मृत्यु हुनेमा स्थानीय १३ बर्षीया सम्झना खत्री, १४ बर्षीय रवी कार्की र १३ बर्षीया समिक्षा कार्की रहेको ईलाका प्रहरी कार्यालय मेलम्चीले जानकारी दिएको छ । अध्ययनका लागि स्थानीय सेतीका प्राथमिक विद्यालय जाँदै गरेका उनीहरु बाटो छेवैमा रहेको खोल्साको मुलमा पानी पिउन जाँदा पहिरोमा परेका थिए ।
गएराती परेको पानीले खोल्साको ढिस्को खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Related

विविध 6791087537914156914

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item