कम्प्युटरवाट फोटो भल्गर वनाईयो:शुष्मा कार्की

काठमाण्डौ,असार १ ।


सार्वजनिक गरिएको पब्लिसिटी पोष्टरबाट आफ्नो चरित्र हत्या भएको भन्दै हिरोईन शुष्मा कार्कीले आपत्ती जनाएकी छिन् । हेर्दा ज्यादा भल्गर देखिने प्रकृतिको विन्दासको पब्लिसिटी पोष्टर सार्वजनिक गरेपछी शुष्माले आफ्नो ध्यानकर्षण भएको भन्दै निर्देशक विरुद्ध कारबाहीको प्रक्रिया पनि अघि बढाउने बताएकी छिन् । 
शुष्माले भनिन्, 'फोटो सुट गरिएको हो तर कम्प्यूटरबाट फोटो भल्गर बनाउदै पब्लिश गरिएकाले मेरो आपत्ती छ ।' यस्तै सुष्माले आफ्नो चरित्र हत्या गर्ने निर्देशक राजु गिरीसँग आउदा दिनमा सँगै काम समेत नगर्ने बताएकी छिन् । उनले भनिन्, 'यसरी अर्काको जिवननै बर्वाद हुनेगरी काम गर्नेको के विश्वास गर्नु ? त्यसैले अब म यो फिल्मको डबिङ पनि गर्दिन र उहाँसंग आउदो दिनमा कुनै पनि काम गर्ने छैन ।'



उता निर्देशक गिरीले फिल्म भल्गर नभएको र सुष्माको चरित्र हत्या नगरिएको बताए । उनले भने, 'त्यो फोटो जस्तो खिचिएको हो त्यस्तै राखिएको छ त्यसैले सुष्माजीले यो बिषयमा आपत्ती जनाउनु हुन्छ र डबिङ गर्नुहुन्न भने एग्रीमेन्ट अनुरुप कलाकार संघ मार्फत कानुनी प्रक्रियामा अघि बढ्ने छौ ।' 

Related

मनोरञ्जन 7481171269536747575

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item