एसएलसीमा फेलभएपछि आत्महत्या गर्नेको सख्या ७ पुग्यो
http://sindhulidarpan.blogspot.com/2012/06/i_442.html
काठमाण्डौँ,असार १ । प्रवेशिका परीक्षा एसएलसीमा फेल भएको पिडामा सात किशोरीले आत्महत्या गरेका छन् । एसएलसी को रिजल्ट आएको दुई दिन नहुदै राजधानीमा दुई, बाहिरका पाँच जनाले आत्महत्या गरेका हुन् । आत्महत्या गर्ने उद्धेश्यले विष सेवन गरेकी एक किशोरी उपचारमा रहेकी छन् । परीक्षामा अनुत्रिण भएका पाँच किशोरीहरुले झुन्डीएर र दुईले विष सेवन गरेर आत्महत्या गरेको प्रहरीले पुष्टी गरेको छ ।
कीतिर्पुर नरेफाँटमा निरुता कार्की कोठामा झुन्डिएको अवस्थामा फेला परिन । रामेछाप खाँडदेवीकी उनी काठमाडौंमा दाजुसँग बस्दै आएकी थिइन । बिहीबार नतिजा हेरेकी उनी असफल भएपछि सिलिङफ्यानमा झुन्डिएकी थिइन्। बिहान १० बजे उनको शव फेला परेको थियो ।
काठमाडौं प्रभाव माविबाट एसएलसी दिएकी रुविना केसी र सबला बानियाँ बिहीबार विष खाएर अशक्त अवस्थामा फेला परेका थिए । महादेवस्थान गाविसका दुवैलाई परिवारले समाज अस्पताल पु¥याएका थिए । चिन्ताजनक अवस्थामा रहेकी रुविनालाई अस्पतालले थप उपचारका लागी स्टार अस्पताल रिफर गरे पनि बाटैमा मृत्यु भया े। सबला भने समाज अस्पतालमै उपचाररत छिन ।
धादिङ ज्यामरुङकी १७ वर्षीया रेश्मा कँडेल अध्ययनमा राम्रो भएकीले विद्यालय र उनको परिवार प्रथम श्रेण्ँी आउनेमा ढुक्क थियो तर उनी असफल भइन ्। रानीपौवा उच्च माविबाट परीक्षा दिएकी कँडेल बिहीबार बिहान धुरिबलोमा झुन्डिएर मृत भेटिइन ।
प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाबाहिरका विराटनगर, नेपालगन्ज र पाल्पामा समेत अप्िरय घटना भएका छन् । विराटनगरकी मधु देवान, नेपालगन्जकी प्रतिक्षा शर्मा, पाल्पाकी सरिता राना र जनकपुरकी सेखाकुमारी सिंहले एसएलसीमा अनुत्रीण भएपछि आत्महत्या गरेका हुन ।
पाल्पा छहाराकी १६ वर्षीया सरिताको शव घरमा झुन्डिएको अवस्थामा फेला परेको थियो । उनले छहाराको भैरवनवदीप उच्च माविबाट एसएलसी परीक्षा दिएकी थिइन ।
नेपालगन्ज गोसाई गाऊकी प्रतिक्षा शर्माले झुन्डिएर आत्महत्या गरेकी थिइन् । नारायण्ँी उच्च माविबाट परीक्षा दिएकी उनी झुन्डिएको अवस्थामा घरमा फेला परेपछि उपचारका लागि भेरी अञ्चल अस्पताल पु¥याए पनि अस्पताल पु¥याउनुअघि नै उनको मृत्यु भएको थियो ।
विराटनगरमै श्रीराम उच्चमाविबाट एसएलसी दिएकी मधु देवानले बिहीबार बिहान विष सेवन गरेर आत्महत्या गरिन् । बेहोस अवस्थामा फेला परेकी उनलाई कोसी अञ्चल अस्पताल लगिएको थियो । तर, अस्पताल पु¥याउनुअगाडि नै उनको मृत्यु भएको थियो ।
जनकपुर– ८ की १६ वर्षीया सेखाकुमारी सिंह घरमा पासो लगाएर झुन्डिएको अवस्थामा बिहान आठ बजे मृत फेला परेकी थिइन् । सलको पासो लगाई झुन्डिएको अवस्थामा फेला पारेकी उनलाई जनकपुर अञ्चल अस्पताल जनकपुर लगिएको थियो। उनको उपचारकै क्रममा मृत्यु भएको थियो ।
मनोविश्लेषक डा. गंगा पाठकले परीक्षाको नतिजा प्रकाशित भएपछि भइरहेका आत्महत्याले शिक्षा प्रण्ली र सामाजिक मानसिकतामा पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएको बताइन् । एसएलसी परीक्षमा सफललाई बढी महत्व दिदाँ असफल हुनेहरु निराश भएर गलत बाटो रोज्ने गरेको उनको विष्लेषण रहेको छ ।
पुरुषको तुलनामा महिला धेरै इमोसनल हुने हुदाँ यस्ता दुघर्टना हुन्छन्,” उनले भनिन्, ”छोराको तुलनामा छोरीलाई परिवारले पनि बढी दबाब दिदाँ यस्ता दुघर्टना निम्तिरहेका छन्।”
श्रोत : नागरीक दैनिकबाट


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !