सर्लाहीको लालबन्दी दुई वर्षपछि खुल्ला दिसामुक्त क्षेत्र हुने
http://sindhulidarpan.blogspot.com/2012/06/i_8356.html
सुरेश बिडारी, सर्लाही,असार १ ।
सर्लाहीको नगरउन्मुख गाविस लालबन्दी दुई वर्षपछि खुल्ला दिसामुक्त क्षेत्र हुने भएको छ । गाविसलाई वि.सं. २०७१ सम्ममा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि धमाधम शौचालय निर्माण भैरहेको छ । आर्थिक रुपले विपन्न ७ सय परिवारलाई शौचालय निर्माणका लागि आवश्यक समानहरु दिइने र बाँकीलाई शौचालय निर्माणका लागि आग्रह गरिने गाविस कार्यालय लालबन्दीले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !