करेन्ट लागेर एक मजदुरको मृत्यु

सिरहा,असार १ । 
सप्तरीको सदरमुकाम राजविराज स्थित एक राईस मिलमा काम गर्ने एक मजदुरको आज बिहान करेन्ट लागेर मृत्यु भएको छ । सप्तरीको बथनाहा गाविस २ घर भई हाल राजविराज ९ स्थित श्यामबाबा राईस मिलमा कार्यरत ३० वर्षिय छोटकैन सरदारको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी मेसिन चलाएर चामलको बोरा सिउँदै गरेको अवस्थामा अचानक  करेन्ट लागेपछि घाईते भएका उनको उपचारका लागि स्थानीय सगरमाथा अंचदल अस्पतालमा ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । मृतक सरदारको शव हाल पोष्टमार्टमसका लागि स्थानीय सगरमाथा अन्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

Related

विविध 3097583902314757745

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item