झाडापखालाका कारण एक बालकको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/06/i_3354.html
डडेलधुरा,असार १ ।
मृर्गी अर्थात काम्ने रोग “सिजर” का कारण डडेलधुरामा एक बालकको ज्यान गएको छ । अमरगढी नगरपालिका ५ खलंगा निवासी प्रकास वयलकोटीका ४ वर्षका छोरा विश्वास वयलकोटीको हिजो साँझ मृत्यु भएको हो । झाडापखाला लागेका विश्वासको जिल्ला अस्पतालमा उपचारका क्रममा एक्कासी “सिजर” भएपछि मृत्यु भएको उपचारमा संलग्न डा. रुद्र उपाध्यायले जानकारी दिनुभयो । हिजो बिहानदेखि झाडापखाला लागेपछि विश्वासलाई अस्पतालमा भर्ना गरिएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !