खानेपानी उपभोक्ता समिति बर्दिवासलाई अनुदान

महोत्तरी,असार १ । 
खानेपानी तथा सरसफाई उपभोक्ता समिति बर्दिवास, महोत्तरी लाई एसियाली विकास बैंकले खानेपानी योजना निर्माण सुधारका लागि थप आर्थिक सहयोग गर्ने भएको छ । पुरानो समर्सियल पम्प मर्मत, आवश्यकता अनुसार पाईपलाईन बिस्तार, वास आउट सिस्टम, एयर भल्ब सिस्टम तथा रातु खोलाको मुहान बाट नयाँ ईन्टेक निर्माण गर्न १ करोड ४३ लाख अनुदान बापत सहयोग गर्न लागिएको नगर विकास कोषको अधिकृत सुवासराज पन्तले जानकारी दिनुभयो ।

 शहर उन्मुख बर्दिवासमा यसअघि नै एसियाली विकास बैकको लगानीमा नेपाल सरकारमार्फत् ५० प्रतिशत अनुदान तथा नगर विकास कोषमार्फतव् ३० प्रतिशत ऋण सहयोग समेतमा करिब ८ करोड बराबरको लागतमा बर्दिवास साना सहरी खानेपानी तथा सर–सफाई आयोजना सञ्चालन भईसकेको छ । बर्दिवासको वडा नं. १ देखि ९ सम्म र गौरीवासको वडा नं. १ र २ मा सञ्चालित खानेपानी योजनाबाट अहिले २३ सय घरधुरी लाभान्वित हुदै आएको छ । 


Related

प्रमूखखबरहरु 9168579227259984334

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item