माओवादी संस्थापन पक्षको आज जनप्रदर्शन

काठमाण्डौ,असार १ । 
एकीकृत नेकपा माओवादी संस्थापन पक्षले आज राजधानीमा जनप्रदर्शन गर्दै छ । पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माण प्रक्रियामा बाधक बनेका राजनीतिक शक्ति र पार्टीप्रतिको धारणा सार्वजनिक गर्न सभा गर्न लागिएको माओवादीले जनाएको छ । जनसभामा काठमाडौमा नेवाः राज्य समिति र ताम्सालिङ राज्य समितिका एक लाखभन्दा बढी जनताको सहभागिता रहने माओबदीले दावी गरेको छ । सङ्घीयता पक्षधरहरुको भेलाको आयोजना गरिएको माओवादीले दावी गरे पनि पार्टीको असन्तुष्ट पक्षविरुद्व शक्ति प्रदर्शन गर्न माओवादी संस्थापन पक्षले कार्यकर्ता भेला गर्न लागेको विश्लेषण गरिएको छ । दिउँसो १ बजे राजधानीको खुल्लामञ्मा सुरु हुने कार्यक्रममा माओवादीको ताम्सालिङ र नेवा राज्यका नेता तथा कार्यकर्ताको सहभागिता रहने माओवादीले जनाएको छ ।

 भेलालाई एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । माओवादी नेवाःराज्य समितिका सचिव नारायण दाहालका अनुसार जनसभालाई सफल बनाउन विभिन्न जनवर्गीय सङ्गठन, भ्रातृ सङ्गठन तथा सहायक सङ्गठनहरुलाई जनपरिचालनका लागि खटाइसकिएको छ । जनसभालाई व्यवस्थित बनाउन माओवादीले सहायक संगठन वाईसीएललाई परिचालन गर्ने भएको छ । सभा सुरु हुनुअघि राजधानीको कोटेश्वर, बालाजु, कलंकी, कालीमाटी, नयाँसडक, चाबहिल महाराजगन्ज, सामाखुसीलगायतका स्थानबाट जुलुस प्रदर्शन गरिने माओवादीले जनाएको छ । माओवादीले आज सबै जिल्लाहरुमा पनि जनसभा आयोजना गरेको छ ।

Related

विविध 5179430430439232858

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item