चन्द्रनिगाहपुर टेलिकमद्वारा महसुल नतिर्नेको लाईन काटियो

रौतहट,असार ६ । 
नेपाल टेलिकम चन्द्रनिगाहपुरले टेलिकम महशुल नतिरेको भन्दै विभिन्न कार्यालयहरुको लाईन काटेको छ । टेलिकम चन्द्रनिगाहपुरले लामो समयसम्म पनि टेलिफोन महशुल नवुझाएको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहट र  ईलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरको टेलिफोन लाइन काटेको हो ।

  ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले एक लाख ५९ हजार पाँच सय ५८ रुपैयाँ रकम भुक्तानी गर्न बाँकी रहेको छ भने जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटको चौरानब्बे हजार दुई सय २६ रुपैयाँ र ईलाका प्रशासन कार्यालयले १५ हजार २१ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको टेलिकम चन्द्रनिगाहपुरले जनाएको छ । पटक पटक अनुरोध गर्दा समेत वेवास्ता गरेका कारण लाईन काटिदिएको नेपाल टेलिकम चन्द्रनिगाहपुरले जनाएको छ ।


Related

विविध 7072000930431241912

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item