चुरे क्षेत्रवाट ढुङ्गा गिट्टी भारत निकासी गर्ने क्रम बढ्दो

रौतहट,असार ६ । 
चुरे क्षेत्रबाट निकालिएका ढुङ्गाहरुलाई क्रसरले फुटाई गिट्टी भारत निकासी गर्ने क्रम रौतहटमा बढेको छ । दैनिक पचाँसौ ट्रक गिट्टी रौतहटको गौर नाका हुदै भारत निकासी हुने गरेको छ । गिट्टी, ढुंगा निकासी गर्ने क्रममा हरेक सवारी साधनसंग सडकमा पर्ने  सबै प्रहरी चौकी र चेक प्वाइन्टहरुले प्रति ट्रक सय भन्दा बढी रकम उठाइरहेका छन् ।  गत भदौमा गिट्टी निकासीको बाटो खुल्ला भएपछि करिब एक लाख घनमिटर गिट्टी भारत निकासी भइसकेको छ । गिट्टी निकासीका लागि जिल्ला विकास समिति रौतहटले प्रति घनमिटर दुई रुपैयाँ नब्बे पैसा राजश्व लिने गरेको छ । 

 जिल्लामा रहेको एक मात्र क्रसर उद्योग शिव शक्ति क्रसर उद्योग गरुडा लाई २१ हजार घनमिटर गिट्टी निकासीको अनुमति जिल्ला विकास समितिले दिएको छ तर उद्योगले अनुमति भन्दा बढी गिट्टी निकासी गरिसकेको छ भने अझै पनि दैनिक ३० देखी ५० ट्रक गिट्टी भारत निकासी गरेको स्थानीयवासीहरुले बताएका छन् ।  यस्तै  बारा र सर्लाही जिल्लाबाट पनि गिट्टी रौतहट ल्याएर भारत पठाउने गरिएको छ । गिट्टी व्यपारीहरुले गौर भन्सारका कर्मचारी तथा प्रहरीलाई आर्थिक प्रलोभनमा पारी परिमाण भन्दा बढी गिट्टी भारत पठाइरहेका छन् । गिट्टी मात्र पठाउने नियम रहेपनि भारतिय नम्बरका यी ट्रक तथा टिपरहरुले गिट्टी भित्र ठूला ढुङ्गाहरु पनि लुकाएर लाने गरेको गरिएको पाइएको छ ।

Related

विविध 2379682747038096098

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item