अब चुनावमा लाग्ने माओवादी – मोर्चासहित १९ दलको निर्णय

http://sindhulidarpan.blogspot.com/2012/06/i_8479.html
काठमाण्डौ,जेठ २२ ।
एकीकृत नेकपा माओवादीसहित सरकार समर्थित १९ दलले अहिलेको विशेष परिस्थितिमा आपसी सहकार्यलाई कायम राख्नुको विकल्प नभएको निष्कर्षमा निकालेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकले संविधानसभाको निर्वाचनमा लाग्न आवश्यक वातावरण तयार पार्ने सहमति पनि गरेको छ । उनीहरूले काङ्ग्रेस एमालेलगायत अरू दलहरूले राष्ट्रपतिलाई सक्रिय पार्ने प्रयास गरिरहेको आरोप पनि लगाएका छन् । संविधानसभा विघटनबारे जनतालाई अनावश्यक भ्रममा पार्ने काम भइरहेको भन्दै उनीहरूले विभिन्न पक्षलाई सहभागी गराएर भोलि राजधानीमा अन्तक्र्रिया गर्ने निर्णय पनि गरेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !