हिम आरोही एकैथलोमा जम्मा हुने

http://sindhulidarpan.blogspot.com/2012/06/i_8659.html
शेरबहादुर भुजेल, दोलखा,जेठ २२ ।
दोलखाका हिमआरोहीहरु एकैपटक एउटै थलोमा उपस्थित हुने भएका छन् । प्रथम गौरीशंकर हिमालयन महोत्सव–२०६९ मा सहभागी हुन दोलखाका हिमआरोही एकैपटक दोलखा आउन लागेका हुन् । दोलखाको गौरीशंकर गाविसस्थित पर्यटकीय गाउँ सिमिगाउँमा आगामी जेठ २७ र २८ गते आयोजना हुने महोत्सवमा प्रख्यात हिमआरोहीलाई सहभागी गराएर हिमआरोही र जिल्लावासीबीच सुमधुर सम्बन्ध कायम गरी जिल्लाको विकास निर्माणमा सहयोग पु¥याउन भन्दै महोत्सव आयोजना गर्न लागिएको आयोकज संस्थाका दुर्गा लामाले जानकारी दिनुभयो ।
नेपालको प्रामाणिक समयको आधार मानिएको गौरीशंकर हिमाललाई कुमारी हिमालको रुपमा पनि लिइन्छ । सत्ययुगमा महादेव र पार्वती यस क्षेत्रमा जाँदा जाडोको समयमा गएकाले जाडोको अनुभव भई सेतो घुम्टो ओडेर बसेको हुनाले हालसम्म पनि गौरी नामको टाकुरामा घुम्टो ओडेकै आकारमा रही आएको छ । गौरी र शंकरको बास भएकाले नाम पनि गौरीशंकर नै रहेको छ । त्यही गौरीशंरकको फेदीमा महोत्सवको आयोजना हुन लागेको छ । काठमाण्डौंबाट सदरमुकाम चरिकोट हुँदै दोलखाको जगतसम्म ९ घण्टाको बसयात्रा र जगतबाट २ घण्टाको पैदल यात्रापछि महोत्सवस्थल सिमिगाउँ पुग्न सकिन्छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !