दृष्टिविहीन महिला क्रिकेटको उपाधि कास्कीलाई

अमृत केसी, पोखरा,जेठ २२ । 
नेत्रहीन क्रिकेट सङ्घ कास्कीको आयोजनामा शनिबारदेखि पोखराको नदीपुरस्थित नगर प्रशिक्षण केन्द्रको खेलमैदानमा जारी छैटौ महिला दृष्टिविहीन क्रिकेट प्रतियोगिताको उपाधी कास्कीले जितेको छ । आज भएको फाइनल खेलमा चितवनलाई ११२ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो । टस हारेर ब्याटिङ गरेको कास्कीले निर्धारीत २० ओभरमा ५ विकेट गुमाएर १८० रन जोडेको थियो ।

 १८१ रनको चुनौती पछ्याउँदै ब्याटिङ् गरेको चितवनले ११.५ ओभरमा सबै विकेट गुमाएर ६८ रन मात्र जोड्न सक्यो । प्रतियोगिताको ओमन अफ दि म्याच सर्वाधिक ५ विकेट लिएकी कास्कीकी भगवती भट्टराई चुनिएकी छन् । बिजेता कास्कीले नगद १० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा कास्की, चितवन र लुम्बिनी गरी ३ टिमको सभागिता रहेको थियो ।  

Related

प्रमूखखबरहरु 5174869745572649751

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item