जोत्दा जोत्दै हलगोरु मर्यौ

http://sindhulidarpan.blogspot.com/2012/06/i_8665.html
ऋषि राई,उदयपुर,जेठ २३ ।
उदयपुरको रिस्कू गाविस ६ ,जोगिडाँडाका कृषक ज्ञानवहादुर थापा मगरको जोतिरहेकै वेला आईतवार विजुलीको पोल ढलेर लाग्दा करेण्ट लागी हलगोरु जलेर मरेको छ । जोतिरहेकै वेला एक्कासी पोल ढलेर गोरुलाई लागेपछि दुवै गोरु मरेको मगरले वताउनुभयो ।
खेतिपाती लगाउने सिजनमा करेण्ट लागेर हलगोरु मरेपछि मगर परिवार चिन्तित वनेका छन् । हलगोरु मरेपछि ४० हजार वरावरको क्षति भएको मगरले वताउनुभयो । । उहाँले भन्नुभयो “ के गर्ने जोत्दा जोत्दै गोरु मररेपछि कसरी यसपालीको खेतिपाती लगाईसक्ने भन्ने चिन्ताले सताएको छ । ”
रिस्कूमा मापदण्ड विपरीत प्राधिकरणले विद्युत विस्तार गरेको स्थानीयवासीहरुको आरोप छ । प्राधिकरणकै लापार्वाही कै कारण घटना घटेको स्थानीयवासीहरुले वताए । यस वारेमा सुधार ल्याउन स्थानीयले पटक पटक प्राधिकरणमा उजुरी दिएपनि प्राधिकरणले वास्ता नगरेको स्थानीयवासीहरुको भनाई छ ।
गोरु मरेपछि क्षतिपुर्तिका लागि प्रहरी चौकी रिस्कुमा निवेदन दिएको र चौकीले मुचुल्का समेत उठाईसकेको स्थानीय ईश्वरमणी लामाले जानकारी दिएका छन् । प्रहरी चौकीले समेत लापार्वाही नै भएको हुन सक्ने मुचुल्का उठाएको पनि लामाले जानकारी दिनुभयो ।
![]() |
जोत्दा जोत्दै करेण्ट लागेर मरेको हलगोरु |
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !