रेखाको तेस्रोलिंगी मोह

http://sindhulidarpan.blogspot.com/2012/06/i_5150.html
कुबेर गिरी,काठमाडौं, २३ जेठ । नायिका झरना थापा कुनै पनि सुटिङमा आफ्नो असिस्टेन्टका रूपमा प्राय: केटीमान्छेलाई लिएर जान्छिन् । अर्की नायिका केकी अधिकारी पनि बहिनी पर्ने एक केटीलाई लिएर गएकी हुन्छिन् । तर, नायिका रेखा थापा भने अन्यभन्दा फरक देखिएकी छन् । उनले आफ्नो असिस्टेन्ट ‘तेस्रो लिंगी’ लाई बनाएकी छन् । उनका हालका असिस्टेन्ट मधु शर्मा तेस्रो लिंगी हुन् ।
‘केटा र केटीले काम सजिलै पाउँछन् तर तेस्रो लिंगीलाई काम दिन सबै हिचकिचाउँछन् । उनीहरूप्रति भेदभाव र वैरभाव किन ?’ रेखाले भनिन्, ‘त्यसैले मैले उनैलाई असिस्टेन्ट राखेकी हुँ ।’ समाजका अंग तेस्रो लिंगीप्रति पनि मानवीय व्यवहार गर्नुपर्ने उनले बताइन् । उनका अनुसार धर्मशास्त्रमा उल्लिखित अर्धनारीस्वरूप पनि तेस्रो लिंगी नै हो र उनीहरूलाई प्रोत्साहन गरेर समान अवसर उपलब्ध गराउनुपर्छ ।

रेखा र मधु यतिखेर पोखरामा छन् । निर्देशक शोभित बस्नेतको चलचित्र जाउँm हिँड पोखराका लागि चार दिनअघि रेखासँगै मधु पनि पोखरा पुगेका हुन् । दुर्गा र कर्णवीरपछि रेखाले लामो समयको ग्यापमा शोभितको यो चलचित्र गर्न लागेकी हुन् । ‘यो मेरै कथामा बनेको चलचित्र हो, त्यसैले अभिनय गरेकी हुँ,’ रेखाले टेलिफोनमार्फत सौर्यसँग भनिन् । बलिउडमा नायिकाकै विषयमा निर्माण गरिएको डर्टी पिक्चर हिट भएपछि नेपालमा पनि शोभितले रेखाका विषयमा चलचित्र बनाएका हुन् । त्यसो भए यो चलचित्र पनि बलिउडकै प्रभाव हो भन्ने प्रश्नमा रेखाले यसमा आफ्ना बाहिर नआएका प्रसंग समेटिएको उल्लेख गरिन् । भनिन्, ‘सबैले छुच्ची, झगडालुका रूपमा चिन्छन् तर मेरो वास्तविकता बुझ्न यही चलचित्र हेर्दा हुन्छ ।’ तर, पति छवि ओझा र आफूबीचको सम्बन्धबारे बेलाबखत नेपाली मिडियामा छाउने विषय भने चलचित्रमा नरहने उनले प्रस्ट्याइन् । श्रोत:सौर्य दैनिक
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !