महामन्त्री सिटौला दरबारीया हुन्

काठमाडौं, असार ७  । कारबाहीमा परेका कांग्रेस चिवतनका पूर्व सभापति विकास कोइरालाले पार्टी भित्र लोकतन्त्रको पक्षधरको कुनै स्थान नभएको गुनासो गरेका छन् । काठमडौंमा आज पत्रकार सम्मेलन गरेर कोइरालाले पार्टी लोकतन्त्र र विधिको शासन विपरित हिडेको आरोप लगाए । उनले भने, भने, ‘लोकतन्त्र र विधिको शासन अनुसार चल्ने कांग्रेसले मलाई स्पष्टिकरणको अवसर पनि दिएन ।’


महामन्त्री कृष्णप्रसाद सिटौलाले पूर्वाग्रह ढंगले प्रतिवेदन तयार परेर आफूलाई कारबाही गराएको दाबी गर्दै कोइरालाले सिटौलालाई दरबारीया भएको आरोप लगाएका छन् । उनले भने, ‘सिटौला कहाँबाट परिचालित छन्, यसको म पछि पर्दाफास गरिदिन्छु, यस्ता मान्छेले कांग्रेसलाई विघठन तिर लैजादै छन् ।
कांग्रेसले तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको कारागारमा भएको हत्याको विषयमा कोइरालालाई कारबाही गर्दै चितवत कार्यसमिति भङग गरिदिएको थियो ।

Related

राष्ट्रिय 5223531037159471020

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item