तपस्वि बमजनले निर्माण गरेका भवनहरु सरकारले भत्कायो
http://sindhulidarpan.blogspot.com/2012/06/i_9972.html
बारा,असार १५ । सरकारी वन क्षेत्रभित्र पर्ने बारा जिल्लाको हलखोरिया दहमा विगत सात वर्षदेखि तपस्यारत रामबहादुर बम्जनले निर्माण गरेका भवनहरू बिहिबारदेखि भत्काउन थालिएको छ । सरकारी वन अतिक्रमण गरी बम्जनले तपस्यास्थल हलखोरिया दहमा बनाएका तीनतले आधुनिक तथा अन्य नौ वटा भवनहरू प्रहरीको सहयोगमा स्काभेटर लगाएर भत्काउन थालिएको जिल्ला वन कार्यालय बाराले जनाएको छ ।
सरकारी वन अतिक्रमण भएकाले भवनहरू भत्काउन थालिएको जिल्ला वन अधिकृत रामानन्दन साहले बताए । समितिका केही व्यक्तिबाहेक अन्यलाई प्रवेश निषेध गरिएको उक्त क्षेत्रमा बम्जनले प्रवचन दिने स्थान भन्दा करिब एक किलो मिटर जङ्गलभित्र हलखोरिया दह नजिकको अग्लो स्थानमा एक वर्षअघि ती भवनहरु निर्माण गरेका थिए । भवनभित्र करिब १९ वटा कोठा, आधुनिक शौचालय, स्नानगृह तथा भान्साघर रहेको थियो । अन्य भवनमा उनका सहयोगीदेखि समितिका सदस्य बस्ने गर्दथे । केही भवनभित्र पानीका लागि प्रयोग गरिएको ट्याङ्की, खाना पकाउने सामग्री, केही लत्ताकपडा, ओड्ने ओछ्याउने सामान, कुर्सी टेवल जस्ता सामान बेवारिसे अवस्थामा भेटिएका छन् ।

प्रशासनले निगरानी बढाउन थालेपछि बम्जन आफ्ना सहयोगीका साथ असार ३ गते सिन्धुलीतर्फ पलायन भएपछि भवनमा बनाइएका कलात्मक झ्याल, ढोकालगायतका सरसमान सबै हराएका छन् भने क्यानाडेली डा मुनले ७२ लाख खर्च गरेर बनाएका बुद्धका मूर्तिसमेत बोधि श्रवण धर्मसङ्घका स्थानीय अध्यक्ष नीलबहादुर थिङले बारा जिल्लाको रामनगरस्थित आफ्नो घरमा पुर्याएका छन् । विगत लामो समयदेखि तपस्यारत भनिएका बम्जन पटक पटक विवादमा मुछिंदै आएका थिए । उनी पछिल्लो पटक भने नागरिकता र रातो राहदानीका कारण विवादमा आएका थिए ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !