पाल्पामा जीप दुर्घटना, १४ जनाको मृत्यु
http://sindhulidarpan.blogspot.com/2012/07/accident_28.html
सिर्जना घिमिरे, पाल्पा,साउन १३ ।
पाल्पाको रिडी जाँदै गरेको भारतीय जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । भारतीय तिर्थयात्री लिएर रिडी जाने क्रममा बीए १ वाईए ४६७८ नम्बरको भारतीय गाडी पाल्पाको देउराली–जोर्ते भन्ने ठाउँमा दुर्घटना भएको हो । घटनामा परी दुई महिला, चार बालबालिकासहित १४ जनाको मृत्यु भएको बताइएको छ । घाइतेको लुम्बिनी मेडिकल कलेजमा उपचारका लागि ल्याइदैछ । जिप तल खाल्डो परेको ठाउँमा खसेको र प्रहरी पनि उद्धारका लागि भर्खर मात्रै घटनास्थलमा जाँदै गरेकोले यकिन विवरण आउन बाँकी छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !