बिज्ञान संकायमा कमला प्रथम


उमा पौडेल,सिन्धुली,साउन १३ । 
कक्षा ११/१२ को बिज्ञान संकाय तर्फको परीक्षाको नतिजामा सिन्धुलीको कमला उच्च माबि जिल्लामा उत्कृष्ठ स्थानमा रहन सफल भएको छ । कक्षा ११/१२ को नतिजालाई आधार मान्दा कमला उच्च माबि यस बर्ष जिल्लामा प्रथम र तृतिय हुन सफल भएको छ ।

 जिल्लामा प्रथम हुने छात्र सुनिल थापाले ७०.८ , द्धितिय हुने अशोक चालिसेले ६९.९ र तृतिय हुने छात्रा प्रकृति केसिले ६८.८ प्रतिशत अंक हासिल गरेको कमला उमाबिले जनाएको छ । सरकारी स्तरको कमला उच्च माबिले कुल सहभागि ७८ जना मद्ये ३० जना बिद्यार्थी उत्तिर्ण गराएको छ । जिल्लामा सबैभन्दा बढी नतिजा र बिद्यार्थी उत्तिर्ण गराउदै कमला उमाबि जिल्ला प्रथम भएको हो ।


Related

स्थानिय 9049405842656580736

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item