सिन्धुलीमा जंगली कुरीलोको ब्यवसायीक खेती
http://sindhulidarpan.blogspot.com/2012/07/sindhuli_7252.html
उमा पौडेल,सिन्धुली,साउन १३ ।
सिन्धुलीमा जंगली कुरीलोको ब्यवसायीक खेती सुरु गरिएको छ । अन्य तरकारी तथा नगदेबाली र खाद्य बाली भन्दा धेरै आम्दानी हुने भएपछि सिन्धुलीका कृषकहरु कुरिलो खेतीतर्फ आकर्षित भएका छन् । जिल्लाको करिब १ सय ६० रोपनी क्षेत्रफल जमिनमा कुरीले खेती गरिदै आएको जिल्ला कृषि बिकास कार्यालय सिन्धुलीले जनाएको छ । बिगत केहि समय अघिदेखि जिल्लामा कुरिलोको ब्यवसायीक खेती हुदै आएको भएपनि यसतर्फ कृषकहरुको आकर्षण अत्याधिक बढेको छ ।
सिन्धुलीमा बिभिन्न संघसंस्था, जिल्ला बन कार्यालय, सामुायीक बन उपभोक्ता समति, कृषि बिकास कार्यालय तथा निजि क्षेत्रको पहलमा कुरीलो खेतीका लागि बिउ बिजनका साथै आर्थिक तथा प्राबिधीक सहयोग हुँदै आएको छ । जिल्ला कृषि बिकास कार्यालयका अनुसार जिल्लाको कमलामाई नगरपालीका, टाडी, लाम्पान्टार, भद्रकाली, रतनचुरा लगायतका १८ गाबिसमा कुरिलोको खेती गरिएको छ ।
कुरिलो खेतीका लागि पहल गर्दे आएका बिभिन्न कार्यालयका साथै कृषकहरुले दिएको जानकारी अनुसार हाल जिल्लामा २ लाख ८० हजारको संख्यामा कुरिलोको बिरुवा लगाईएको छ । बिगत ३ बर्षदेखि ब्यवसायी कुरिलो खेती गर्दे आउनुभएको कनपा ४ मधुटारका कृषक रामबाबु शाहले बार्षिक एक लाख ८० हजारको संख्यामा बिरुवा उत्पादन गर्ने बताउनुभयो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !