अध्यादेशबारे आज राष्ट्रपतिले परामर्श गर्ने


काठमाण्डौ,साउन १३ । 
सरकारले संविधानसभा निर्वाचनसम्बन्धी सिफारिस गरेको दुई अध्यादेशका सम्बन्धमा राष्ट्रपति डा. रामवरण यादवले आज कानुनविद्हरूसँग छलफल गर्नुहुने भएको छ । अध्यादेश स्वीकृत गरी जारी गर्नका लागि हिजो मन्त्रिपरिषद्ले पारित गरेको अध्यादेश प्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रपति समक्ष पेस गर्नुभएको थियो । उहाँले राष्ट्रपतिलाई दुई अध्यादेश स्वीकृतिका लागि आग्रह गर्नुभएको थियो ।

 प्रतिपक्षी दलहरूले अध्यादेशबाट संविधान संशोधन हुन नसक्ने भन्दै आपत्ति जनाइरहेको सन्दर्भमा राष्ट्रपति अध्यादेश जारी गर्न मिल्ने नमिल्ने बारेमा परामर्श गर्न लाग्नुभएको हो । राष्ट्रपति अध्यादेश स्वीकृत गरी जारी गर्ने या पुनर्विचारका लागि मन्त्रीपरिषद्मा फिर्ता पठाउने दुई खालको विकल्प रहेको कानुनविद्हरूको भनाइ छ । 

सरकारले संविधानसभा निर्वाचन २०६९ सम्बन्धी अध्यादेश र निर्वाचनसम्बन्धी ऐन २०६९ लाई सामान्य सुधार र संशोधन गर्नेसम्बन्धी अध्यादेश पारित गरेको हो ।


Related

राष्ट्रिय 7668801628377050244

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item