सरकारी सुविधा विरोधमा अनशन आज पनि जारी
http://sindhulidarpan.blogspot.com/2012/07/news_3272.html
काठमाण्डौ,साउन १३ ।
सरकारले पूर्वविशिष्ट सरकारी अधिकारीहरुलाई आजीवन सुविधा दिने गरी ल्याएको अध्यादेशको विरोधमा नागरिक समाजका प्रतिनिधीहरुले आज पनि अनशन जारी राख्ने भएका छन् । राष्ट्रलाई नै आर्थिक भार पर्ने गरी पूर्व विशिष्टको नाममा सुविधान दिन नहुने भन्दै पूर्व प्रशासकहरू सम्मिलिन नागरिक समाजले अस्तिदेखि रिले अनसन थालेको हो ।
उनीहरूले राजधानीको रत्नपार्कमा रहेको शान्तिवाटीकामा अनसन जारी राखेका छन् । अनसनमा ऐक्यवद्धता जनाउँदै सहभागी हुनेहरूको सङ्ख्या बढ्दै गएकाले अनसन अरू केही दिन लम्बिन सक्ने समाजले जनाएको छ । सबै पूर्व विशिष्टहरूलाई सुविधा दिँदा वर्षमा ५० करोड भन्दा खर्च हुने बताइएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !