सरकारले आजै बजेट ल्याउने



काठमाण्डौ,असार ३१ ।  

सरकारले विपक्षी दलहरुको माग अनुसारनै आगामी आर्थिक वर्ष २०६९÷७९ का लागि एक तृतियांश बजेट ल्याउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज विहान बसेको मन्त्रिपरिषद्को बैठकले अन्तरिम संविधानको धारा ९६ (क) अनुसार एक तृतियांश बजेट ल्याउने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले सीआईएनलाई जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले पारित गरेको आर्थिक अध्यादेश राष्ट्रपतिबाट स्वीकृत भएपछि आजै बजेट सार्वजनिक गर्ने तयारी भएको मन्त्री यादवले बताउनुभयो । मन्त्रिपरिषद्ले पारित गरेको आर्थिक अध्यादेश स्वीकृत गराउनको लागि प्रधानमन्त्री डा बाबुराम भट्टराई अर्थमन्त्री वर्षमान पुन लगायतलाई लिएर राष्ट्रपति भवन शीतल निवास पुग्नु भएको थियो । राष्ट्रपतिले अध्यादेश स्वीकृत गरेपछि दिउँसो एकदेखि चार बजेको बीचमा बजेट सार्वजनिक गर्ने सरकारी तयारी छ । 

आगामी आर्थिक वर्षको चार महिनाको लागि सरकारले एक खर्ब २० अर्ब रुपैँया बराबरको बजेट सार्वजनिक गर्ने तयारी गरेको अर्थमन्त्रालय स्रोतले जनाएको छ । बजेटमा नयाँ निर्वाचन, शान्तिप्रक्रिया, थपिएका दुईवटा मन्त्रालयका लागि रकम छुट्टाइएको अर्थमन्त्री वर्षमान पुनले बताउनुभयो । राष्ट्रपति डा रामबरण यादव र काङ्ग्रेस, एमाले लगायतका विपक्षी दलहरुले अन्तरिम संविधानको धारा ९६ (क) अनुसारनै बजेट ल्याउन यसअघि प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

आजको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय वाणिज्य बैँकलाई पूँजी वृद्धि गर्न ४ अर्ब ३२ करोड रुपैँया सहयोग गर्ने निर्ण गरेको छ । नेपाल बैँक लिमिटेडको १ अर्ब ६२ करोड रुपैँया बराबरको सेयर सरकारले खरिद गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ ।


Related

प्रमूखखबरहरु 3012862361576873333

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item