नेपाली काँग्रेस क्षेत्रीय सभापतिको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/07/congress_19.html
काठमाडौं,साउन ४ । कपिलवस्तु जिल्लाको वीरपुरमा असार ३१ गते राती करिब ९ बजे मोटरसाईकल दुर्घना परी घाईते भएका चन्द्रमणी पाण्डेको आज निधन भएको छ । अर्घाखाँची क्षेत्र नं १ ठूला पोखरा गाविस ६ का नेपाली काँग्रेसका क्षेत्रीय सभापती रहेका ३४ वर्षिय पाण्डेको न्युरो अस्पताल बाँसबारीमा उपचारको क्रममा आज विहान ८ बजे मृत्यु भएको हो ।
मृतक पाण्डेलाई पार्टी सभापती शुशिल कोईराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य अर्जुननर सिंह केसी, मानबहादुर विश्वकर्मा, पुष्पा भूषाल, चन्द्र भण्डारी, कृष्णचन्द नेपाली, बद्री पाण्डे, नेता ढुण्डिराज शास्त्री, हिसानका अध्यक्ष उमेश श्रेष्ठ, व्याप्सन अध्यक्ष डा. बाबुराम पोखरेल, पूर्व जिल्ला उपसभापति विष्णु मुस्कान, नेपाल महिला संघकी केन्द्रीय सदस्य निर्मला क्षेत्रीलगायतकाले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
जिल्लाका लोकप्रिय युवा नेता तथा प्याप्सन जिल्ला अध्यक्षसमेत रहेका पाण्डेको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको भनिएपनि उक्त दुर्घना रहस्यमय भएको भन्दै निष्पक्ष छानवीनको माग गरी आज जिल्लावासीले अर्घाखाँची बन्द गरेका छन् । पाण्डे नेपालगञ्जमा आयोजना गरेको सिविनको कार्यक्रम सकेर घर फर्कने क्रममा मोटरसाईकल दुर्घटनामा परी सक्त घाईते भएका थिए । उनको सवलाई अर्घाखाँची लगेर अन्तिम संस्कार गर्ने बताइएको छ । मृतकका श्रीमती र दुई छोरा रहेका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !