निर्वाचनको गुञ्जयास छैन:नेपाल


काठमाण्डौ,साउन ४ । 
नेकपा एमाले का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले तोकेअनुसार आगामी मङ्सिर ७ गते संविधानसभाको निर्वाचन हुने कुनै सम्भावना नभएकाले अब संसदीय निर्वाचन हुनुपर्ने बताउनुभएको छ । 

नेपाल शिक्षक युनियनको तीनदिने पाँचौ राष्ट्रिय परिषद् बैठकको आज उद्घाटन गर्दै नेता नेपालले कुनै पनि मुलुकमा सरकारलाई संविधानसभाको मिति तोक्ने अधिकार नभएकाले अब यो सरकारको विस्थापन गरी संविधानका विवादित मुद्दामा सहमति गरेर नयाँ संसद्बाट संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

 सङ्घीयतालगायतका विवादित विषयमा जनमतसङ्ग्रह पनि गर्न सकिने बताउँदै नेता नेपालले त्यही समयमा संसद् र स्थानीय निकायको निर्वाचन पनि गर्न सकिने धारणा राख्नुभयो । एकीकृत माओवादीले आफ्नो छापको नयाँ संविधान ल्याउन खोजेको उहाँको आरोप छ ।

Related

राष्ट्रिय 8633072683002166774

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item