विदेशी नाम राख्ने कलेजलाई कारवाही गर्ने चेतावनी

http://sindhulidarpan.blogspot.com/2012/07/news_1482.html
काठमाण्डौ,साउन ४ ।
विभिन्न विद्यार्थी संगठनका नेताहरुले विदेशी नाम राखेर कलेज सञ्चालन गर्ने र विज्ञापनको नाममा लाखौं रुपैयाँ खर्च नगर्न उच्चमाध्यमिक विद्यालयहरुलाई सचेत गराएका छन् । रिपोर्टर्स क्लब नेपालले आज गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले विदेशी झल्कने नाम भएको विद्यालय कलेजहरुले नेपाली नाम राख्नैपर्ने भन्दै त्यसो गर्न अटेर गरे थप कदम चालिने चेतावनी दिनुभयो ।
साक्षात्कारमा नेविसंघका अध्यक्ष रञ्जित कर्णले नीजि उच्चमाविहरुले विदेशी नाम राखेर राष्ट्रियतामाथि ठाडो हस्तक्षेप गराएको भन्दै विदेशी नाम राखेर राष्ट्रियतामाथि खेलवाड गर्ने कार्य नसहने चेतावनी दिनुभयो । कर्णले विगतमा शिक्षा मन्त्रालय र उच्च माविहरुको संगठन हिसानसहितका सरोकारबाला पक्षहरुसँग यस विषयमा सहमति भए पनि सहमति कार्यान्वयन नगरेकाले आफूहरु अझ कडा आन्दोलनमा उत्रने तयारीमा रहेको बताउनुभयो ।
साक्षात्कारमा नवगठित नेकपा–माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीका संयोजक सरद रसायलीले सहमति विपरित नाम राखेर र विज्ञापन गरेको भन्दै यस्तो कार्यलाई नरोके त्यस विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो । उहाँले नीजि र सरकारी उच्चमावीमा समान पाठ्यक्रम र शुल्क हुनुपर्ने पनि बताउनुभयो । चन्दा मागेको भन्दै उच्च माविहरुले आफूहरुको आन्दोलनलाई कमजोर पार्ने प्रयास गरेको भन्दै चन्दा माग गरेको प्रमाणित गरेर देखाउन चुनौति पनि रसायलीले दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !