सिन्धुलीमा प्रसुतीसेवा लिने १२ प्रतिशत


विदुर पौडेल,सिन्धुली,साउन ४ । 
सिन्धुलीमा स्वास्थ्य संस्थामा सुरक्षित प्रसुती गराउनेको संख्या न्युन रहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्गले देखाएको छ । जिल्लामा यस्तो सेवा लिनेको संख्या १२ प्रतिशत मात्र रहेको छ । नेपाल सरकारले गर्भ अबधिभर ४ पटक चेकजाँच गराउने र प्रसुती पनि स्वास्थ्य संस्थामा नै गराएमा  पहाडी इलाकामा १४ सय उपलव्ध गराउने गरेको छ ।

कार्यालयको तथ्याङ अनुसार आर्थिक वर्ष ०६५।०६६ मा पाँच सय ८० जना, ०६६ । ०६७ मा आठ सय ७८ जना, आव ०६७ । ०६८ मा एक हजार ७६ जना महिलाले सुरक्षित प्रसुती गराएका छन । यसैगरी गत आर्थिक वर्ष ०६८।०६९ को बैशाख महिनासम्ममा उक्त सेवा लिने महिलाको सङ्ख्या एक हजार ३६ रहेका छन् ।                                                                     

यो संख्या भने विगतका वर्षहरुको भन्दा केही वढी रहेको कार्यालयले जनाएको छ । जिल्लामा जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र  नौ इलाका स्वास्थ्य केन्द्र गरी १३ स्थानमा प्रसुति सेवा संचालनमा रहेका छन् ।

जिल्लामा रहेका ५५ वटा सरकारी स्वास्थ्य संस्थाहरु रहेपनि सबैमा प्रसुति सेवा संचालन हुन नसक्नुले पनि सेवाग्राहीको संख्यामा कमी आएको हुन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालयको आकलन गरेको छ ।

Related

स्थानिय 3288857358516539688

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item