ऋण तिर्न नसकेपछि आत्महत्या

http://sindhulidarpan.blogspot.com/2012/07/i_1293.html
खोटाङ, असार २७ । साहुबाट लिएको २४ हजार ४ सय ९२ रुपैयाँ तिर्न नसकेको तनाबमा खोटाङ हौचुरका ३७ वर्षिय विष्णु परियारले आत्महत्या गरेका छन् । उनले चिसापानीका गोबिन्द आचार्यबाट लिएको रकम असार २५ गते बुझाउनुपर्ने थियो । परियारले व्लन नामक बिष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
सदरमुकाम दिक्तेलको भानुचोकमा डेरा गरी सिलाई व्यवसाय सञ्चालन गर्दै आएका परियार भाकामा ऋण तिर्न नसकेपछि तनावमा रहेका उनकी श्रीमतिको भनाई उधृत गर्दै प्रहरीले बताएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !