समयमै उपचार नपाउदा गर्भवतीको ज्यान गयो

http://sindhulidarpan.blogspot.com/2012/07/i_9613.html
ताप्लेजुङ,असार २७ ।
समयमा नै उपचार नपाउदा तेह्रथुममा एक गर्भवतीको ज्यान गएको छ । ह्वाकु ६ बस्ने ७ महिनाकी गर्भवती १८ वर्षीया विमला कालीकोटेको उपचार अभावमा ज्यान गएको स्थानीय अक्कलबहादुर इङ्नामले जानकारी दिनुभयो । हिजो दिउँसो काम गर्न मेला गएदेखिनै कालिकोटे विरामी हुनुहुन्थ्यो । कालिकोटेका परिवारले स्वास्थ्य सस्था लैजानुका सट्टा धामी झाँक्रीको भरमा राखेपछि मृत्यु भएको हो ।
गएराति कालिकोटेलाई विरामले धेरै चापेपछि बान्ता पनि भएको थियो । तर राती स्वस्थ्य संस्था लैजान समस्या भएको र रातभरी विरामीको अबस्था नाजुक हुदै गएपछि बिहान साँढे चार बजे कालिकोटेको ज्यान गएको हो । कालिकोटेको पहिलेको बच्चाको पनि जन्मिएको एक महिनामा ज्यान गएको थियो ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !