सिलाइ व्यवसायवाट अर्थोपार्जन गर्दै सिन्धुलीका महिला


विग्रीएको सिलाइ मेसिन आँफै वनाउँछन् सिन्धुलीका महिला
ध्रुवचन्द्र खड्का, सिन्धुली,असार २७ ।
‘पहिले एउटा मेसिन विग्रीयो भने पनि जनकपुर या वीरगन्ज लैजानुपथ्र्यो तर अहिले आफूले चलाएको मेसिन विग्रीयो भने आँफै मर्मत गरेर चलाउन सक्ने वनाउँछु,’ कपिलाकोटकी सिलाई उद्यमी कविता सुनुवारले भनिन् । जिल्ला उद्यम विकास कोष समितिको सहयोगमा व्यवसाय विकास सेवा प्रदायक संस्था ग्रामीण आर्थिक सशक्तिकरण समाज (श्री) सिन्धुलीले १० दिने सिलाइ मेसिन मर्मत सम्वन्धि तालिम दिएपछि कविता जस्ता २० जना सिलाई उद्यमीहरुमा यस्तो परिवर्तन आएको हो । 

जिल्लाका बिभीन्न बजार केन्द्रका गरि २० जना सिलाई लघु उद्यमीहरुको सहभागिता रहेको उक्त तालीममा सिलाई मेशीन मर्मत सम्बन्धि सिप प्रदान गरिएको आयोजक संस्था ग्रामीण आर्थिक सशक्तीकरण समाज (श्री), सिन्धुलीले जनाएको छ । सैद्धान्तिक कक्षा तथा प्रयोगात्मक अभ्यास दुबै माध्यमबाट सिलाई मेशीन मर्मत गर्न दक्ष बनाउनु यस तालीमको मुख्य उद्देश्य थियो, सोही अनुरुप लक्ष्य पूरा भएको सँस्थाका अध्यक्ष शरद प्याकुरेलको भनाइ छ ।
‘आफूले सिकाएका उद्यमीहरुले अवका दिनमा आफूले चलाउने मेसिन आँफैले मर्मत गर्न सक्छन् त्यसका लािग अन्त लानुपर्दैन’ प्रशिक्षक मेघ वहादुर कार्कीले भने । त्यसो त जिल्लामा सिलाइ व्यवसाय गरेर जिविकोपार्जन गर्ने व्यवसायिहरु २ सयको हाराहारिमा छन् । सिलाइ कटाइ व्यवसायि संघका अध्यक्ष समेत रहेका कार्की भन्छन् ‘ यस्तो तालिम वेलावेलामा व्यवसायिहरुलाई दिइरहने हो भने रोजगारिका लागि युवा शक्ति विदेशिनुपर्दैन ’ ।

जिल्लामा सिलाइ व्यवसाय गर्नेहरुमा अधिकांस युवा शक्ति नै रहेका छन् । एक पटक विदेश गएर आएका युवा युवतीहरु धेरैजसो अहिले जिल्लामा नै सिलाइ व्यवसाय गरेर वसेका छन् भने कसैले अन्य पेशा अपनाएका छन् । जिल्लामा विगत ३० वर्ष अघिदेखि कपडा तथा सिलाइ व्यवसाय गरेर वसेका गोवद्र्धन श्रेष्ठका अनुसार तालिम र परामर्श पाएर सिलाइ व्यवसाय गर्दा कुनै पनि व्यक्ति वेरोजगार वस्नुपर्दैन । श्रेष्ठ भन्छन् ‘ मैले दिनमा सिलाइवाट मात्रै १५ हजारको कारोवार गर्छु, कपडाको त छुट्टै हुन्छ ।’ त्यसो त सिलाइ व्यवसाय सिन्धुलीमा राजगारको सुलभ तथा सरल माध्यम भएको छ भने जीवन परिवर्तनको आधार पनि ।

Related

स्थानिय 1961167363903457742

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item