सिन्धुलीमा तिनको ज्यान गयो

http://sindhulidarpan.blogspot.com/2012/07/i_9740.html
ध्रुवचन्द्र खड्का/अन्जु तामाङ, सिन्धुली,असार २७ ।
सिन्धुलीमा भएका तीन छुट्टाछुट्टै घटनामा परि तीनजनाको मृत्यु भएको छ । सिन्धुलीको कमलामाइ नगरपालिका वडा नं. ७ मा आज साइकलको ठक्करवाट कमलामाई नगरपालिका वडा नं. ३ का ७९ वर्षिय मान वहादुर नेपालीको मृत्यु भएको हो । नेपालीलाइ उपचारका लागि जनकपुर लैजादैगर्दा भिमानमा मृत्यु भएको वताइएको छ । कनपा ४ का पूर्ण वहादुर तामाङ्ले चलाएको साइकलको ठक्करवाट नेपालीको ज्यान गएको सिन्धुली प्रहरीले जनाएको छ ।
त्यस्तै सिन्धुलीको हर्षाही गाविस वडा नं. १ वस्ने कुमार माझिको कोदालो प्रहारवाट एकजनाको मृत्यु भएको छ । हर्षाहीमा १० वर्ष अघिदेखि ट्युसन कक्षा सन्चालन गर्दै आएका झापा जिल्ला घर भएका राम कुमार गौतमको मंगलवार मृत्यु भएको हो । घटनाको वारेमा थप अनुसन्धान भैरहेको सिन्धुली प्रहरीले जनाएको छ ।
सिन्धुलीकै निपाने गाविसमा सुंगुरको टोकाइवाट एकजनाको मृत्यु भएको छ । छिमेकी ध्रुबबहादुर पूर्वछानेले पालेको सुँगुरले ५६ बर्षिय टेकबहादुर सार्कीको लिङ्ग टोकिदिँदा मंगलबार टेकबहादुरको घटनास्थलमा नै ज्यान गएको हो । कसैले हिर्काउदा बिच्किएको सुँगुरले बसेको ठाउँमा गएर टेकबहादुरको लिङ्ग टोकिदिएको थियो । सुँगुरले लिङ्ग टोकेपछि टेकबहादुरको घटनास्थलमा नै ज्यान गएको प्रहरी नायब निरीक्षक महेन्द्र साहले जानकारी दिनुभयो ।
धु्रबहादुरले पालेको सुँगुर(बिर) मृतक टेकबहादुले पालेको छाउरी(भूनि)संग भुल्लिन सधै टेकबहादुरको घरमा जान्थ्यो र दुख दिन्थ्यो । स्थानीय वासिन्दाको सल्लाहमा मङ्गलबार नै छाउरी काटेर खाने योजना पनि बनेको थियो । तर छाउरी काट्नुअघि नै टेकबहादुरलाई सुँगुरले टोकिदियो । तिनैवटा शवलाई पोष्टमार्टमका लागि सिन्धुली अस्पताल ल्याइएको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !