बैदेशिक रोजगारीमा ठगी गर्ने केसी पक्राउ

http://sindhulidarpan.blogspot.com/2012/07/i_2810.html
काठमाडौं, असार २७ । वैदेशिक रोजगारको ठगी मुद्धामा वैदेशिक रोजगार न्यायधिकरणबाट सजायपाएर फरार भक्तपुरका राजु केसी(खत्री)लाई आज प्रहरीले पक्राउ गरेको छ । २०६७ साल साउन–२५ गतेको पैmसला अनुसार केसीलाई न्यायधिकरणले १ लाख जरीवाना र ५ लाख बिगो सजाय ठहर गरेको थियो । सो सजाय पछि केसी फरार थिए । भक्तपुर जिल्ला बागेश्वरी–३ घर भई हाल काठमाडौं महानगरपालिका–७, कुमारीगाल बस्ने ४४ बर्षीय केसीलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजको टोलीले पक्राउ गरेको हो ।
केसीलाई कुमारीगाल ईलाकामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेर काठमाडौं जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ । केसीले होम बहादुर पण्डित, नवीन कक्षपति र राजु श्रेष्ठलगायतका व्यक्तिहरुलाई हङकङमा रोजगारको व्यवस्था मिलाई दिने भन्दै ठगी गरेका थिए । उनले पण्डित, कक्षपति र श्रेष्ठलाई चीनको ग्वाङझाउ बिमानस्थलसम्म पुराएर अलपत्र छाडेका थिए ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !