१८ सय जुनारका विरुवा वितरण

पोष्टराज पहाडी,सिन्धुली,असार १८ । 
एक गाऊ एक उत्पादन कार्यक्रम कार्यान्वयन समिती सिन्धुलीले कुृषकहरुलाई करिब १८ सय जुनारका विरुवा बितरण गरेको छ । सो कार्यक्रम अन्तर्गत सिन्धुलीको जलकन्या गाविसका कृषकहरुलाई सो विरुवा वितरण गरेको हो । 

आर्थिक वर्ष २०६८/०६९ को स्वविर्कत सो कार्यक्रम अनुसार कृषकहरुलाई ५० प्रतिशत अनुदानमा उक्त विरुवा उपलब्ध गराइएको जिल्ला स्तरिय कार्यक्रम कार्यान्वयन समिती सिन्धुलीका अध्यक्ष सानुकाजी श्रेष्ठले जानकारी दिनुभयो । 
हाल सो कार्यक्रम लागु भएका सिन्धुलीका ४ गाऊ विकास समितीहरु बाशेश्वर, रतनचुरा, तिनकन्या, र जलकन्यामा यस आर्थीक वर्षमा करिब १ सय ३९ कृषकहरुलाई ५ वटा नर्सरीबाट झण्डै ७ हजार विरुवा वितरण गरिने अध्यक्ष श्रेष्ठको भनाई छ । 

Related

प्रमूखखबरहरु 5083137767306884564

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item