काभ्रेमा ‘योङस्टार स्कुल डान्स कम्पिटिसन’ प्रतियोगिता
http://sindhulidarpan.blogspot.com/2012/07/i_3498.html
प्रकाश सुन्दास काभ्रे,असार १८ ।
विद्यालय तहमा पढ्ने विद्यार्थीहरुको प्रतिभालाई उजागर गर्ने उद्देश्यले काभ्रेपलाञ्चोक जिल्लामा ‘योङस्टार स्कुल डान्स कम्पिटिसन’ को पहिलो चरणको छनोट प्रतियोगिता गरिने भएको छ । आज पत्रकार सम्मेलन गरी दिइएको जानकारीअनुसार प्रतियोगिताको आयोजना सनसाइन मिडिया हाउसले यही असार २३ गते बनेपामा गर्नेछ ।
प्रतियोगितामा ५ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई तीन वटा फरक–फरक समूहमा विभाजन गरेर सहभागि गराइने छ । छनौट चरणमा करिब ३ सय विद्यार्थीहरुले भाग लिने आयोजकको अपेक्षा छ । एनटिभी प्लसबाट प्रसारण हुने यस कार्यक्रमको पहिलो सिजनको सफलतापछि दोस्रो सिजनलाई थप आकर्षक र पराकिलो बनाउन भन्दै मिडिया हाउसले विभिन्न जिल्लामा अडिसन गरिरहेको संस्थाले जनाएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !