सहमतिमा पूर्ण आकारको बजेट आउछ:प्रचण्ड
http://sindhulidarpan.blogspot.com/2012/07/i_8537.html
काठमाण्डौ,असार १८ ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक सहमतिमा आर्थिक वर्ष २०६९÷७० को बजेट आउने बताउनु भएको छ । उद्योग वाणिज्य महासङ्घका पदाधिकारीको टोलीसँग आज विहान भएको भेटमा प्रचण्डले सर्वोच्च अदालतको हिजोको फैसलाले पूर्ण आकारको बजेट ल्याउन सरकारलाई बाटो खुल्ला गरिदिएको बताउनुभयो । महासङ्घको टोलीसँग प्रचण्डले राजनीतिक सहमतिकै आधारमा पूर्णबजेट आउनेमा ढुक्क हुन आग्रह गर्नु भएको थियो ।
उद्योग वाणिज्य महासंघका पदाधिकारीहारुले भने देश आर्थिक हिसावले जटिल अवस्थामा पुगेकोभन्दै राजनीतिक सहमतिका आधारमा पूर्णआकारको बजेट ल्याउन आग्रह गरेका थिए । भेटमा सहभागी अर्थमन्त्री बर्षान पुनले सरकार पूर्णआकारको बजेट ल्याउने गरी तयारीमा लागेको जानकारी गराउनु भएको थियो ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !