कोइरालाको जन्मजयन्तीमा सर्लाहीमा ३ सय विरुवा रोपियो

सुरेश बिडारी,सर्लाही,असार १८ । 
पुर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पुर्वसभापति स्वर्गीय गीरिजाप्रसाद कोइरालाको ८९ औं जन्मजयन्तीको अवसरमा सर्लाहीमा ३ सय विरुवा रोपिएको छ ।  सर्लाहीको रानिगञ्जमा रानीगन्ज गाउँ कमिटीको आयोजनामा अमला, मसला, टाँकीलगायतका विभिन्न जातका ३ सय विरुवा रोपिएको हो । फूलजोर बाबा साझेदारी बनक्षेत्रमा पार्टीका नेता तथा कार्यकर्ताको सहभागीतामा बिभिन्न जातका ३ सय बिरुवा रोपिएको रानीगन्ज गाउँ कमिटी सभापती सुरेन्द्र बहादुर प्रधानले जानकारी दिनुभयो ।
यसैबीच स्वर्गीय  कोईराला बिपक्षीले पनि सम्मान गर्ने दुरदर्शी नेता भएको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।  कोइरालाले भन्ने गरेको सहमति, सहकार्य र एकता आजको दिनमा अझै सान्र्दभिक बन्दै गएको सहभागीहरुको जोड थियो ।

Related

विविध 1540979580828091311

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item